arrow

गण्डकी प्रदेशमा घटे कोरोना सङ्क्रमित

logo
हरि पन्त,
प्रकाशित २०७८ जेठ १६ आइतबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको छ । शनिवार ६ सय ४७ जना सङ्क्रमित भेटिएकोमा जानकारी अनुसार पछिल्लो २४ घण्टामा आज ५ सय ४० जना सङ्क्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जनाएको छ । 

आज सबैभन्दा धेरै बागलुङमा १ सय १५ जना सङ्क्रमित भेटिएका हुन् । यस्तै कास्कीमा आज जम्मा ७४ जना सङ्क्रमित भेटिएका छन् । 

यस्तै म्याग्दीमा १५, पर्वतमा ३४ जना, गोरखामा १सय ४, लमजुङमा ५४ जना, तनहूँमा ६४, स्याङ्जामा सात र नवलपरासी पूर्वमा ८५ जना सङ्क्रमित भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसहित गण्डकी प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ४१ हजार ६८२ पुगेको छ । गण्डकीमा आज ८५८ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

यस्तै, गण्डकीमा पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै आठ जना छन् । 

यस्तै, मुस्ताङमा एक जना, पर्वतमा एक जना, बागलुङमा एक जना, लमजुङमा एक जना र तनहुँमा चार जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ सय ६१ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ