arrow

कोरोना परीक्षण : 'हिजो १४ हजार, आज १२ हजार' , परीक्षण घट्दै

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ जेठ १६ आइतबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । देशभर कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउनका लागि नमुना परीक्षण घटेको छ । हिजो १४ हजार ७ सय ५२ जनाको मात्रै नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको थियो । त्यस्तै आज १२ हजार ७ सय ७० जनाको मात्रै नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजको कोरोना सङ्क्रमण दर हेर्ने हो भने ३४.२१ रहेको छ । अर्थात् एक सय जनाको परीक्षण गर्दा ३४ जनामा सङ्क्रमित भेटिइरहेका छन् । यसअनुसार हेर्दा परीक्षण घटाउँदा सङ्क्रमित घटे पनि सङ्क्रमण दर नघटेको स्पष्ट देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले परीक्षण घट्नु दुखद रहेको बताएका छन् ।

प्रवक्ता पौडेलले गत हप्ता देशभरका जिल्लामा पुग्ने गरी विभिन्न देशबाट सहयोग स्वरूप पाइएको साढे ११ लाख एन्टिजेन परीक्षण किट वितरण गरिएको बताएका छन् । यसरी किट वितरण गरिदा परीक्षण दर बढ्नु पर्नेमा घट्नु दुखद रहेको उनको भनाइ छ ।

के कारणले परीक्षण घट्यो भनेर ठ्याक्कै भन्नका लागि आफूले तथ्याङ्क विश्लेषण गर्न बाँकी रहेको उनले बताए ।

लक्षण भएर परीक्षण गराउन जानेको सङ्ख्या घटेका कारण पनि परीक्षण घटेको हुनसक्ने उनको अनुमान छ । यसका लागि सरकारले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूलाई परीक्षण गर्न प्रोत्साहन गरिरहेको उनले बताए ।

हिजो शनिवार भएर पनि परीक्षण गर्नेको सङ्ख्या आज कम देखिएको हुनसक्ने अर्को सम्भावना रहेको उनको भनाइ छ ।

कुन जिल्लामा कति परीक्षण भएको छ र के कारणले परीक्षण घट्यो भनेर यकिन कारण थाहा पाउन तथ्याङ्क विश्लेषण गरेर मात्रै भन्न सकिने उनले बताएका छन् । विभिन्न देशहरूबाट अहिले एजेन्ट परीक्षण किटहरू उपलब्ध भइरहेका कारण यसको अभाव भने नभएको हुनसक्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ