arrow

बेइजिङबाट ८ लाख खोप ल्याउन सोमबार उड्दै नेपाल एयरलाइन्सको जहाज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
chiness-vaccine.jpg
फाइल तस्विर।

काठमाडौं । चीनले अनुदान स्वरूप दिने भनेको थप १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन भोलि नेपाल एयरलाइन्सको जहाज बेइजिङका लागि उड्ने भएको छ । 

नेपाल एयरलाइन्सका महानिर्देशक डिम प्रकाश पौडेलले भोलि अर्थात् सोमबार राति साढे ११ बजे जहाज बेइजिङका लागि उड्ने बताएका हुन् । 

उनका अनुसार मङ्गलवार दिउँसो २ बजे उक्त जहाज ८ लाख डोज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । बाँकी २ लाख खोप तिब्बतबाट आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसअघि पनि चीनले ८ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको थियो । गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको फोन वार्तापछि चिनियाँ राष्ट्रपति सि चिनफिङ १० लाख डोज खोप अनुदान स्वरूप दिन तयार भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ