arrow

आगामी निर्वाचनमा काँग्रेसलाई मिलाउने जिम्मा नेपालको !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
Madhav_Kumar_Nepal2.JPG.jpeg
फाइल तस्बिर

काठमाडौँ। एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले आगामी निर्वाचनमा काँग्रेसलाई मिलाउने जिम्मा लिने बताएका छन्। जनवर्गीय सङ्गठन मध्ये अनेरास्ववियूको जुम बैठकमा बोल्दै आगामी निर्वाचनसम्म काँग्रेस, माओवादी र आफूहरूसँगै जाने बताउँदै काँग्रेसलाई मिलाउने जिम्मा आफ्नो भएको बताएका हुन्।

आइतबार मात्रै काँग्रेससहित पाँच दलको संयुक्त हस्ताक्षर गरेका नेपालले विद्यार्थीहरूको बैठकलाई सम्बोधन गर्दै नडराई केपी ओली विरुद्ध लाग्न निर्देशन दिएका थिए। उनले सबै लोकतान्त्रिक शक्तिहरू मिलेर आगामी निर्वाचनमा सहभागी हुने र ओली विरुद्ध लड्ने समेत बताएका थिए। दैनिक जसो जनसङ्गठनहरूको जुम बैठकमा सहभागी भएका नेता नेपालले ओलीले पार्टी विभाजन गरिसकेको बताएका थिए।

नवौँ महाधिवेशनले पारित गरेका कुनै पनि विषयहरू कार्यान्वयन नगरेको नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई निकालेर आफ्ना मान्छेहरू भर्ना गरेको र नीति विधि र पद्धतिलाई लत्त्याएर ओलीले पार्टीलाई विभाजन गर्न लागेको बताएका थिए।

आइतबार मात्रै ओलीले माधव नेपालले आफ्नै पार्टीको सरकारलाई हटाउन विपक्षीसँग साँठगाँठ गरेको आरोप लगाउँदै आफैले खाएको शपथको अवमूल्यन गरेको बताएका थिए। ओलीको त्यो भाषण सुनेका नेता नेपालले विद्यार्थीको जुम बैठकमा धेरै समय ओलीलाई नै गाली गरेर बिताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ