arrow

 प्रधानमन्त्री ओलीको रणनीति : माधव नेपाल अब 'पास्ट टेन्स', अरू नेताप्रति लचक

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ १६ आइतबार
kp-oli-serious-mood.jpg
फाइल तस्बिर

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक राख्नु अघि माधव नेपाल लगायतका नेताहरूलाई गाली गरेर सो समूहका अन्य नेताहरूलाई पनि कारबाही गर्ने सङ्केत गरे। आइतबार एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै नेपाललाई गाली गरेका ओलीले अन्य नेताहरूलाई पनि कारबाही गर्ने सङ्केत गरे। तर त्यस लगत्तै बस्ने भनिएको स्थायी कमिटी बैठक भने सोमबार बिहान सम्मका लागि स्थगित गराए।

नेता नेपाललाई लक्षित गर्दै मूल सफा नभएपछि तलतिर फोहोर हुने नै भो भनेर गाली गरेका ओलीले स्थायी कमिटीको बैठक रोकेर १२ जना मध्ये कस–कसलाई कारबाही गर्ने कि एक पटक स्पष्टीकरण सोधेर राख्ने भन्ने बारेमा छलफल थालेका छन्। तर नेपाल समूहका नेताहरू भने अझै पनि पार्टीको विवाद मिलाउन सकिन्छ कि भनेर लागिरहेका छन्।

सुरेन्द्र पाण्डेले पार्टीले कारबाही गरेर के हुन्छ भन्दै उनले अझै पनि आफू पार्टीको विवाद मिलाउन लागि परेको बताएका छन्। ‘कारबाहीको अर्थ छैन यस्ता विषयहरू आइरहन्छन् हामी अझै आशावादी छौ पार्टी विभाजन हुँदैन भन्नेमा विश्वस्त छौ साथै हामी प्रयास गरिरहेका छौ कि पार्टीको विवाद मिलाउने कुरामा साथीहरू पनि लागिरहेका छन् साथै कार्यदल पनि विघटन भएको छैन कार्यदलका साथीहरू पनि सम्पर्कमै हुनुहुन्छ’, नेपाल समूहका नेता पाण्डेले भने। 

तर ओली समूहका नेताहरूले भने माधव नेपाल लगायत कारबाही गरिएका नेताहरूलाई पार्टीमा ल्याउन असम्भव जस्तै रहेको बत्ताउँछन्। उनीहरूको राजनीति सकिएको ओली समूहका नेताहरूको दाबी छ। हुनतः ओली आफैले माधव नेपाल अब पास्ट टेन्स भएको बताएका थिए। ओलीको भनाई लाई नै आधार मान्ने हो भने नेपाल बाहेक अन्य नेताहरूलाई भने पार्टीबाट कारबाही गर्न चाहेका छैनन्। भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली बाहेक अन्य नेताहरूलाई भने ओलीले खास निकाल्न चाहेका छैनन्। तर पनि ओलीले यस पटक समानुपातिक सांसदहरूलाई पनि पार्टीबाट निकालेका छन्।

ओली समूहका गोकुल बास्कोटाले नेपाल समूहका लागेका नेताहरू आत्मालोचना गरेर पार्टीमा फर्किन कसैले पनि नरोकेको बताएका छन्। तर नेपालको भने राजनीतिक भविष्य नरहेको दाबी गरेका छन्। ‘माधव नेपालको राजनीति सकियो हो अब यो भन्दा बढी नभनौँ अब उहाँको राजनीतिक भविष्य छैन’, बास्कोटाले भने।

ओली समूहको तयारी भने नेपाल समूहमा रहेका नेता कार्यकर्तालाई तानेर नेपाललाई कमजोर बनाउने रहेको छ। उनीहरूले जतिसक्दो चाँडो नेपाल समूहका नेता कार्यकर्तालाई आफ्नो पक्षमा पार्न लबिङ गरिहरेका छन्। ओली समूहको यो रणनीति बुझेका नेता नेपालले गत बुधवार आफ्ना समूहका स्थायी कमिटी सदस्यहरूको नामसहित संयुक्त वक्तव्य जारी गरे।

नेपाल समूहका १५ नेताले बुधवार संयुक्त वक्तव्य जारी गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध एकजुट हुन आव्हान गरेका थिए। पछिल्लो दिनहरूमा माधव समूहबाट टाढिएका भनिएका गोकर्णराज विष्ट र योगेश भट्टराईको पनि सो वक्तव्यमा नाम उल्लेख थियो। उनीहरूले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीका ११ जना नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेकोमा भर्त्सनासमेत गरेका थिए।

साथै ओलीले पार्टी र देशलाई स्वेच्छाचारी कदमबाट चलाएको भन्दै कडा आलोचना गरेका थिए। उनीहरूले ओलीका कदमविरुद्ध एकजुट हुन एमालेका नेता तथा कार्यकर्ताहरूलाई पनि आव्हान गरे। तर त्यहाँ उल्लेख गरिएका नाम मध्ये योगेश भट्टराई र गोकर्ण विष्टलाई भने यो विषय जानकारी नभएको स्रोतको दाबी छ।

साबिकको एमालेको स्थायी कमिटीमा रहेका १५ जना नेताहरूले संयुक्त वक्तव्यमा भट्टराई र विष्टको पनि नाम थियो। विष्ट भने बिरामी रहेका छन्। उनीसँग नेता नेपालले आइतबार (आज) मात्रै भिडियो कल गरेर कुराकानी गरेका थिए। त्यस्तै वक्तव्य जारी हुनु अघि सबै स्थायी कमिटी सदस्यहरूसँग भर्चुअल बैठक गरिएको थियो। सो बैठकमा नेता भट्टराई भने सहभागी नभएको स्रोतले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ