arrow

छिट्टै नयाँ क्रान्तिकारी पार्टी बनाउँदै नेपाल पक्ष

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ १६ आइतबार
madhav_nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। एमालेका निष्कासित नेता माधव नेपालले केही दिनमै नयाँ क्रान्तिकारी पार्टी बनाउने बताएका छन्। आज साँझ आफू निकटका नेताहरूसँग कुराकानी गर्दै सो कुरा बताएका हुन्। एमालेभित्रको आन्तरिक विवाद अब केही दिनमा टुङ्गो लाग्ने बताउँदै नेता नेपालले नयाँ दल गठन गरेरै अघि बढ्नुको विकल्प नभएको बताएका थिए।

आज गोकर्ण विष्टसँग कुराकानी गर्दै नेता नेपालले एक दुई दिनभित्र नयाँ दल गठन हुने र त्यसका लागि तयारी रहन आग्रह गरेका थिए। उनले अब अलमल नगर्नुस् भन्दै ओलीसँग फाइनल कुराकानी गर्नुस् भन्दै दुई दिनभित्र निर्णय दिन समेत आग्रह गरेको स्रोतको दाबी छ।

नेपाल समूहका अष्टलक्ष्मी शाक्य, भीम रावल, युवाराज ज्ञावाली, केन्द्रीय सदस्य राजेन्द्र राई र जगन्नाथ खतिवडा पार्टी विभाजन गरेर नयाँ दल गठन गर्नुपर्ने पक्षमा रहेका छन्।

नेपाल स्वंयल ओलीसँग बस्न नसक्ने भन्दै एक्लै भए पनि नयाँ दल गठन गरेर जानुपर्ने धारणा राखिसकेका छन्। नेपालले सर्वोच्च अदालतबाट आउने फैसलालाई आधार मानेर मात्रै नयाँ दल गठन गर्ने बताएका छन्।

आइतबार दिउसो र साँझ भएको जुम बैठकमा नेपालले अब ओलीसँग बस्न सकिँदैन पछि जे होला तर अहिलेको अवस्थामा एकै ठाउँ बस्न नसकिने भइयो भनेर आफू निकटका नेताहरूसँग भनेका थिए।

‘तपाईँहरूले परिस्थिति देखिरहनुभएको छ अहिलेको अवस्था मिलेर जाने अवस्था छैन अब दलविहीन भएर बस्ने कुरा पनि भएन त्यसो हुँदा पछि आउने परिस्थितिको बारेमा पछि नै कुरा गरौला’,नेपालले भनेका थिए।

उनले अन्य कम्युनिस्ट घटकहरूलाई समेत मिलाएर नयाँ दल गठन गर्ने विषयमा समेत छलफल भएको बताएका थिए। उनले नेताहरू कसैलाई पनि अलमल नगर्न आग्रह गरेका छन्। उनले आगामी निर्वाचनको बारेमा पनि चिन्ता नलिन नेताहरूलाई आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ