arrow

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी विजयी

वरिष्ठ उपाध्यक्षमा कृष्णजिवी र महासचिवमा अन्जनकुमार विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
buddhisagar.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी विजयी भएका छन् । सुवेदी सन् २०२१–२०२३ का लागि विजयी बनेका हुन् ।

शनिबार र आइतबार भएको मतदानमा सुवेदीले आफ्ना तीन प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । १५ हजार ७६८ मत खसेकोमा सुवेदीले ५ हजार ६ सय १८ अर्थात् कुल मतको ३६.१७ प्रतिशत ल्याएका हुन् । कुल २० हजार १३८ मतदाता रहेका थिए ।

सुवेदीका निकटतम प्रतिष्पर्धी कृष्ण लामिछानेले ५ हजार २०० मत तथा अर्का प्रतिष्पर्धी डा. अर्जुन बञ्जाडेले ४ हजार १४८ मत पाए भने अर्का प्रतिष्पर्धी तिलक केसीले भने ५६७ मत ल्याएको अमेरिकाबाट दिक्षा बस्नेतले जानकारी दिएकी छन् ।

वरिष्ठ उपाध्यक्षमा ६ हजार ८ सय ५० ल्याई कृष्णजीवी पन्त बिजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी बीआर लामा ५ हजार १ सय ९० मत ल्याए ।

महासचिवमा अन्जनकुमार चौलागाइ ६ हजार ३ सय १२ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी विनोद भट्टले ५ हजार १ सय ४५ मत प्राप्त गरे ।

प्रमुख निर्वाचन अधिकृत विश्वनाथ बराल, आयुक्तहरु कुल आचार्य, शिवराज पौडेल र वासुदेव रहेको निर्वाचन समितिले मतदान सम्पन्न गरी नतिजा सार्वजनिक गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ