arrow

संवैधानिक इजलासका दुई न्यायाधीशले छाड्न मानेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
supreme-ejalas-2nd.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा हेर्न सर्वोच्च अदालतको संवैधानिक इजलासका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले उक्त इजलास नछाड्ने भएका छ ।

रिट निवेदकहरुले न्यायाधीशद्वय केसी र श्रेष्ठ संवैधानिक इजलास बस्न नमिल्ने भन्दै प्रश्न उठाएपछि आइतबार सुनुवाइ रोकिएको थियो । उक्त विषयमाथि छलफल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले सोमबारका लागि इजलासका पाँच जना न्यायाधीशको बैठक बोलाएका थिए ।

सोमबारको बैठकमा केसी र श्रेष्ठ इजलासबाट आफूहरु नबाहिरिने तर संवैधानिक इजलासको रोस्टरमा तोकिएका सबै न्यायाधीशसँग छलफल गर्न माग गरेका थिए । प्रधानन्यायाधीश राणाले भने आफूले केही निर्णय लिएनन् । केसी र श्रेष्ठलाई आफैं निर्णय गर्न भने ।

रिट निवेदककारतर्फबाट बहसमा उभिएका अधिवक्ता तथा कानुनविद्हरूले न्यायाधीशहरू श्रेष्ठ र केसीलाई संवैधानिक इजलासमा नराख्न भनेका थिए । अदालतले न्यायाधीशहरुमाथि उठेका प्रश्नमाथि सोमबार छलफल गर्ने र इजलासमा बस्ने कि नबस्ने भन्ने बारे निर्णय लिंदैछ । जसका लागि अहिले बैठक जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ