arrow

प्रम ओलीविरुद्ध वयलगाडा प्रदर्शन, ३३ किलो सुनदेखि ७० करोडसम्मको प्रश्न

logo
नारायण वली,
प्रकाशित २०७८ जेठ १७ सोमबार
nsu-bayalgada.jpg

रुपन्देही । लोकतन्त्रको बहालीसँगै तत्कालीन समयमा देशमा गणतन्त्र ल्याउने क्रममा एमाले नेता एवं हालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गणतन्त्र आउन् भनेको बयलगाडा चढेर अमेरिका जानु सरह हो, भन्ने व्याख्यालाई नेपाल विद्यार्थी सङ्घका नेताहरूले सोमवार रुपन्देहीको तामनगरमा बयलगाडा प्रदर्शन गर्दै, सरकारको चर्को विरोध जनाएका छन् ।

प्रदर्शनमा उनीहरूले, दुई तिहाइको स्थायी निर्माण हुँदा पनि नेपाल र नेपालीको अवस्था थप जटिलता तर्फ धकेलिएको बताएका थिए । तत्कालीन एमाले पार्टी र माओवादी केन्द्रको एकीकरणले वनेको दुई तिहाइ सरकारले जनताका सामान्य आधारभूत समस्याको समेत हल गर्न नसकेको भन्दै, ३ वर्ष काम भन्दा राजनीतिक लडाइँमै सकिएको जनाएका थिए ।

नेपाल विद्यार्थी सङ्घका नेताहरूले बयलगाडामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको तस्बिर पोस्टरलाई प्रदर्शन गरी विरोध जनाएका हुन् । सो क्रममा नेपाल विद्यार्थी सङ्घका नेता सुदिप शर्माले भने, प्रधानमन्त्री ओलीले गणतन्त्र आउनु बयलगाढा चढ्नु सरह हो भन्नु व्यङ्ग्यात्मक टिप्पणीको वखडा भएको भन्दै, असन्तुष्टि जनाएका थिए । 

विद्यार्थी नेताहरूले, कोरोना महामारीको स्वास्थ्य सङ्कटका वेला पनि सरकार नागरिक प्रति जिम्मेवारी नदेखाएर राजनीतिलाई मात्रै चासो राखेको बताए । साथै उनीहरूले, राष्ट्रपति जस्तो गरिमा पदमा रहेकी राष्ट्रपति भण्डारीले जनताको भन्दा बडी पार्टी राख्ने प्रवृत्तिले उक्त पदको मर्यादा नरहेको उल्लेख गरे ।
 
प्रदर्शनका क्रममा कोरोना प्रतिरोधात्मक खोप, पानी जहाज, चुच्चे रेल, पेट्रोलको कुवा, निर्मला हत्या काण्डका हत्यारा, वाइड बडी, ३३ किलो सुन, बालुवाटार जग्गा, ७० करोड, नयाँ नक्सामा उल्लेख भएको नेपाली भूमि र सांसद अपहरणकारी लगायत खोइ भनी जोड दिएका थिए ।

सो बयलगाडा प्रदर्शनमा, विद्यार्थी नेताहरुः सुदिप शर्मा, सुन्दर अर्याल, सृजना गिरी, नारायण पोख्रेल, सागर घिमिरे, मनिष श्रेष्ठ, सुजु घले, अमृत भण्डारी, सुरज श्रेष्ठ, सुमन गुरुङ र लक्ष्मण न्यौपाने लगायतले उपस्थिति जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ