arrow

४ हजार सङ्क्रमित थपिए, ६ हजार निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
corona-variant.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कुल सङ्क्रमित हुनेको सङ्ख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जना कोरोना भाइरसको सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कुल सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ४७ हजार ४ सय ४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय १४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ३ सय ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ४ सय ८० जनाको नमुना परीक्षण गरिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख ६ हजार ४ सय ७० रहेको छ ।

त्यस्तै हाल १ हजार ४ सय ९२ जनाको आइसियु र ४ सय २४ जनाको भेन्टिलेटरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ