arrow

गण्डकीमा १७ जनाको मृत्यु, ८ सय ४२ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र तनहुँका चार/चार जना छन् । 

यस्तै, म्याग्दीमा एक, लमजुङमा एक, बागलुङमा दुई, स्याङ्जामा दुई र नवलपरासी पूर्वमा तीन जनाको मृत्यु कोरोना संक्रमणबाट भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ सय ७८ जना पुगेको छ । गण्डकीमा आज ९ सय ५९ जना संक्रमित निको भएको डा. शर्माले जानकारी दिए ।

यस्तै, गण्डकीमा पछिल्लो २४ घण्टामा ८ सय ४२ जना संक्रमित थपिएका छन् । योसहित गण्डकीमा कूल संक्रमितको सङ्ख्या ४२ हजार ५ सय २४ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ