arrow

संवैधानिक इजलास गठन सम्बन्धी विवाद सुल्झाउने प्रयास जारी

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ जेठ १८ मंगलबार
supreme-court-long.jpg

काठमाडौं । संवैधानिक इजलास पुनर्गठनको माग सहित सर्वोच्च अदालत बारका प्रतिनिधिहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेट्दै छन् । अहिले प्रधानन्यायाधीश जबरा र सर्वोच्च बारेका प्रतिनिधि बीचको छलफल जारी छ । 

छलफलमा संवैधानिक इजलास पुनर्गठनको सुझाव दिइएको छ । छलफलमा सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका प्रतिनिधिहरू सहभागी छन् । संसद् विघटनविरुद्धका मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराले पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए । 

इजलास गठन गर्दा एमाले र माओवादी बीचको एकतापछि बनेको नेकपाको एकता रद्द गर्न आदेश दिएका बमकुमार श्रेष्ठ र सो आदेश पुनरावलोकन नहुने फैसला गरेका तेजबहादुर केसीलाईसमेत राखिएको भन्दै बहसमा सहभागी अधिवक्ताहरूले विरोध गर्दै आइरहेका छन् ।

सो विषयमा सोमवार दिनभर न्यायाधीशहरू छलफलमा बसे पनि कुनै सहमति भने भएको छैन । सो विवादलाई सुझाउन अहिले पनि प्रयास जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ