arrow

काठमाडौंको निषेधाज्ञा फेरि थपिने, किराना र खाद्य पसल खुलाइने

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ जेठ १८ मंगलबार
lockdown-ktm-1619695250.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै पुनः एक साता थप गर्ने तयारी भएको छ ।उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज साँझ बस्ने बैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गर्ने भएको हो । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज साँझ बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप गर्नेबारे निर्णय लिने जानकारी दिए ।

‘साँझ बैठक बस्दैछौं, निषेधाज्ञा एक साता थप हुन्छ, निषेधाज्ञालाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा सल्लाह हुनेछ,’ भक्तपुरका सिडियो भट्टराईले हाम्राकुरासँग भने । 

उनले बैठकमा किराना पसल, डिपार्टमेन्टल स्टोर र खाद्य सामग्री बिक्री गरिने पसलहरूलाई भने सर्वसाधारणलाई सहज हुने गरी सञ्चालन गर्न दिने बारे छलफल हुने जानकारी दिए । 

काठमाडौं उपत्यकामा गत १६ वैशाखबाट निषेधाज्ञा लगाइँदै आइएको छ । कोरोनाभाइरस सङ्क्रमणको गतिमा चेन ब्रेक गर्न भन्दै निषेधाज्ञा कायम गरिएको थियो । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा २० जेठसम्म कायम हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ