arrow

तानाशाहहरुको पतन न्यायालयले नै गर्छ: डा.शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
Shaker_koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वन्यायाधीशहरु र कानुन व्यवसायीहरु प्रति गरेको नकारात्मक टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

डा.कोइरालाले प्रधानमन्त्रीले न्यायालय र कानुन व्यवसायीहरु प्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो भनेका छन् । उनले उक्त अभिव्यक्तिप्रतिको आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गर्न आव्हान समेत गरेका छन् ।

मंगलबार सामाजिक संजालमार्फत उनले तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु नपर्ने भन्दै हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र नआउने पनि टिप्पणी गरेका छन् ।

उनले भनेका छन्,‘पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउन चाहन्छु। मेरो बुझाईमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरु प्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो ।’

डा.कोइरालाले अगाडी लेखेका छन्, ‘हामी सबै गणतन्त्रको आन्दोलनमा होमिंदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे वयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो तर ती सबै वकिलहरु कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए । आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्र प्रतिको निष्ठामा चोट पुगेको छ । कति चाडै बिर्सन सकेको उनीहरुको योगदान ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ