arrow

टिमुरे भन्सार आइपुग्यो चीनले दिएको स्वास्थ्य सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
rasuwagadinaka.jpeg

रसुवा । कोभिड-१९ का कारण नेपालमा संक्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले सोमवार अक्सिजन सिलिण्डर प्रदान गरेको छ । 

स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन-९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।

आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र ती सामग्री सोमवारै टिमुरेबाट काठमाडौँ लगिने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ