- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले सो पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो सहित ४ जना नेतालाई पार्टीबाट निकालेका छन्। पार्टीबाट निष्कासित हुनेहरूमा सर्बेन्द्र नाथ शुक्ल र लक्ष्मण लाल कर्ण पनि छन्। शुक्ल र कर्ण सरकारले जसपाका माग पूरा गर्न गठन गरेको कार्यदलका सदस्य पनि हुन।
कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले कार्यकारिणीको बहुमतले ठाकुर, महतो सहित ४ जना नेतालाई पार्टीबाट निकाल्ने निर्णय गरेको बताए। यस सम्बन्धी पार्टीको निर्णय केही बेरमा आउने उनले बताए। कार्यकारिणी समितिमा यादव पक्ष बहुमतमा छ।
यादव पक्षले आइतबार ठाकुर ,महतो सहित ४ जना नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधका थिए। दोस्रो पटक सोधिएको स्पष्टीकरणको समय २४ घण्टा दिइएको थियो।
यसअघि जेठ ११ गते यादव पक्षले ठाकुर सहित ४ नेतालाई ३ दिने स्पष्टीकरण साधेको थियो। दुवै स्पष्टीकरणको जवाफ ठाकुर पक्षले दिएन।
यता ठाकुर पक्षले पनि तत्कालै त्यसको प्रतिवाद गर्यो यादवले स्पष्टीकरण पठाए लगत्तै ठाकुरले पनि स्पष्टीकरण पठाए। ठाकुरले पनि यादवलाई दुई पटक स्पष्टीकरण पठाएका छन्।
जसपाको विवाद अहिले रोचक मोडमा पुगेको छ। अहिले पार्टी औपचारिक रूपमा विभाजन हुन मात्र बाँकी छ।