arrow

न्यायिक निरुपणमा प्रश्न उठ्न सक्ने भन्दै संवैधानिक इजलासबाट दुई न्यायाधीश बाहिरिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
supreme-court-long.jpg

काठमाडौं । न्यायिक निरुपणमा प्रश्न उठ्न सक्ने भन्दै प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबराले गठन गरेको संबैधानिक इजलाबाट दुई न्यायाधीश बाहिरिएका छन् ।

इजलासमा रहेका न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासमा प्रश्न उठेका कारण आफूहरु पनि बस्न उचित नठानेको भन्दै इजलासबाट बाहिरिने निर्णय गरेका हुन् ।

दुई न्यायाधीसको सो निर्णयपछि प्रधानन्यायाधीश जबराले २३ जेठमा नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाएका छन् । आदेश सुनाउँदै राणाले भने, ‘अब २३ गते पेसी तोक्छु, वरिष्ठबाट रोष्टर बनाएर ल्याउने छु,’ प्रधानन्यायाधीस राणाले भने ।

संवैधानिक इजलासमा राखिएका अन्य दुई न्यायाधीसले भने इजलासबाट हट्न इन्कार गरेका छन् । संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट हट्न अस्वीकार गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ