arrow

कोभिड अस्पताललाई ५५ लाख ६० हजारको सामग्री

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ जेठ १९ बुधबार
covid-hospital-help.jpg

पाँचथर । पाँचथर उद्योग बाणिज्य संघले खरिद गरेका कोभिड १९ अर्थात कोरोना भाइरसका संक्रमितको उपचारका लागि आवश्यक सामग्री पाँचथर अस्पताललाई प्रदान गरेको छ । हस्तान्तरण गरेका सामग्रीमा १० लिटर प्रतिमिनेट क्षमताका २० थान अक्सिजन कन्स्ट्रेटर, ४० केजी क्षमताका ५० थान अक्सिजन सिलिण्डर, पाँच थान मल्टिपारामिड, एकसय थान अक्सिमिटर छन् ।

सामग्री संघका अध्यक्ष दिपक नेपालले अस्पताल प्रमुख डा. बुद्धिबहादुर थापा र पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरण गरिएका सामग्री ५५ लाख ६० हजार मुल्य बराबरका रहेको नेपालले बताए । सामग्री खरिदका लागि देश विदेशमा रहेका पाँचथरे नागरिकबाट ५७ लाख २८ हजार रुपैंयाँ रकम संकलन भएको संघ महासचिव नवराज घिमिरको भनाइ छ ।

संघले करिब दुई साता अगाडिदेखि शुरु गरेको अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिन्डर व्यवस्थापन अभियानमार्फत खरिद गरेका सामग्री पाँचथर अस्पताललाई हस्तान्तरण गरेको हो ।

अध्यक्ष नेपालले पाँचथर उद्योग बाणिज्य संघले चलाएको अभियानमा साथ दिने सहयोगी हातहरुलाई धन्यवाद दिँदै आगामी दिनमा सुविधा सम्पन्न एम्वुलेन्स सेवा सञ्चालनका लागि सुझाव प्राप्त भएकाले त्यसतर्फ योजना वनाउने पनि उनको भनाइ थियो ।

संघले यसअघि पनि पाँचथर अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको थियो ।



नयाँ