arrow

दुई वर्षे बालिकाको आईक्यू चमत्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
iq-child.jpg

काठमाडौं । दुई वर्षे बालिकाले आईक्यूमा गरेको चमत्कारले यतिबेला हैरान बनाएको छ । दुई वर्षका बालबालिकालाई के गर्ने र के नगर्ने सम्झना हुँदैन । उनीहरु उस्तैपरे राम्रोसँग बोल्न पनि सक्दैनन् । 

तर जम्मा दुई वर्षे अमेरिकी बालिकाले मेन्सा (सन् १९४६ मा इङ्गल्याण्डको अक्सफोर्डस्थित लिंकन कलेजमा स्थापित) मा समेत सदस्यता पाएकी छिन् । मेन्सामा त्यस्तालाई सदस्यता दिइन्छ जसले इन्टेलिजेन्स टेष्टमा पास हुन्छन् । 

अमेरिकास्थित लस एन्जल्सकी काशे क्वेस्टको आईक्यू लेभल १४६ रहेको छ । सीएनएनका अनुसार उनले अमेरिकाका सबै ५० राज्यका नाम र तिनीहरुको पहिचान सजिलै गर्न सक्छिन् । काशेका बाबु डेबोन अठवालका अनुसार काशेले जहिले पनि नयाँ कुरा सिक्न खोज्छिन् । आफू वरिपरि भएका कुराकानी जान्न खोज्छिन् । 

नजानेको कुरा जान्न खोज्ने र जानेपछि त्यसलाई कण्ठ गर्ने उनको प्रवृत्ति छ । उनको बोली फुटेपछि नै भाषाको विकास तीव्र भएको थियो । यसलाई लिएर मातापिताले मनोचिकित्सकलाई पनि देखाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ