- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशमा कोभिड-१९ प्रतिकार्य समूह परिचालन गरिएको छ । समुदाय स्तरमा कोरोना नियन्त्रण तथा रोकथामका लागि विशेषज्ञसहितको समूह परिचालन गरिएको हो ।
समुदायस्तरमा कोरोना परीक्षण तथा व्यवस्थापनका लागि विशेषज्ञसहित स्वास्थ्यकर्मी तथा प्रयेगशालाकर्मी परिचालन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
गण्डकीका ११ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्नका लागि तीन वटा समूह परिचालन गरिएको उनले बताए ।
समूहका सबै सदस्यहरुलाई सुरक्षित रुपमा कार्य सम्पन्न गर्न निर्देशन दिइएको छ । डा. शर्माले कार्यस्थलमा गर्नुपर्ने क्रियाकलाप, भूमिका तथा जिम्मेवारीको बारेमा समूहमा सहभागीलाई जानकारी गराएका थिए ।
स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेशप्रसाद अधिकारीको संयोजकत्वमा डा दिवाकर पराजुली, सोम शेरचन, उर्मिला बराल र नारायण त्रिपाठीको समूह पर्बत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला हेर्नेगरी खटिएको शर्माले बताए ।
स्वास्थ्य निर्देशनालयका कम्युनिटी मेडिसिन डा. ज्योति रानाभाटको संयोजकत्वमा नवीन कोइराला, संजय गुरुङ र मोहदत्त ढकालको समूहले कास्की, स्याङ्जा र तनहुँ जिल्ला र जीपी कोइराला राष्ट्रिय स्वाशप्रश्वास उपचार केन्द्रका डा. परिवर्तन बरालको संयोजकत्वमा रक्षीता लामिछाने, विकाश रानाभाट र नानीबाबु दानीको समूहले लमजुङ, गोरखा, मनाङ र नवलपरासी (पूर्व) हेर्ने गरी परिचालित भएको निर्देशनालयले जनाएको छ ।