arrow

मानव धर्म र शिव सेनाको साझेदारीमा फुड बैङ्कको स्थापना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
siva-sena-health-kit.jpg

नेपालगन्ज । नेपाल मानव धर्म सेवा समिति नेपालगन्ज आश्रम र नेपाल शिव सेनाको साझेदारीमा फुड बैङ्कको स्थापना गरिएको छ। कोरोना महामारीका कारण मर्कामा परेका विपन्न घर परिवार, विद्यार्थी वर्ग तथा दैनिक ज्यालादारी गरी छाक टार्ने मजदुरहरूको लागि राहत सहयोग स्वरूप  फुड बैङ्कको स्थापना गरिएको हो । 

नेपालगन्ज भेरी अस्पतालका करोना सङ्क्रमित बिरामी र बिरामी कुरुवा तथा अहोरात्र सेवामा खटिएका सुरक्षाकर्मीहरूको लागि वाटर बैङ्कले पानी सेवा प्रदान गरी रहेको छ। 

नेपाल मानव धर्म नेपालगन्ज आश्रममा रहेको फुड बैङ्क र वाटर बैङ्कले लकडाउनको पहिलो दिन देखि नै दैनिक रूपमा कोरोना पीडित, विपन्न परिवार, विद्यार्थी वर्ग साथै सुरक्षाकर्मीहरूको लागि निरन्तर रूपमा खाद्यान्न र पानी वितरण गरी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ