arrow

गण्डकीमा थप १३ जनाको मृत्यु, ८ सय ३८ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै कास्कीका चार जना छन् । 

यस्तै स्याङ्जाका तीन जना, तनहुँका दुई जना, गोरखाका दुई जना र लमजुङका दुई जना कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७०७ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा १३ सय ७२ जना कोरोना संक्रमित निको भएको डा. शर्माले जानकारी दिए ।

यसैबिच गण्डकीमा पछिल्लो २४ घण्टामा ८३८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा महिला ४१५ र पुरुष ४२३ जना छन् ।

आज भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीका १५१ जना छन् । योसहित गण्डकीमा कूल संक्रमितको सङ्ख्या ४३ हजार ८३५ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ