- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौंको न्यूरोडमा व्यवसाय गर्दै आएका युवा व्यवसायीहरुले सुरक्षाकर्मीहरुलाई अक्सिजन कन्सन्ट्रेसर दिएका छन् ।
युवा व्यवसायी रबी अग्रवाल, पिन्कु सरावगी र मनिष अग्रवालले संयुक्त रुपमा सुरक्षाकर्मीहरुलाई अक्सिजन कन्सन्ट्रेटर, मास्क लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
युवा व्यवसायी रबी अग्रवालले कोरोना महासंकटमा अग्रमोर्चामा नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको जानकारी दिए ।
उनीहरुले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह र नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोकी एसएसपी दुर्गा चन्दलाई एक एक थान अक्सिजन कन्सन्ट्रेटर र मास्क दिएका हुन् । यस्तै उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुरक्षाकर्मी र जनसेवा प्रहरीलाई मास्क र सेनिटाइजर दिएका छन् ।