arrow

पृथ्वीसुब्बालाई सहयोग गर्ने कृष्ण थापा सांसदबाट पनि बर्खास्त, मुख्यमन्त्रीलाई सङ्कट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
krishan-thapa-gandaki-janamorcha.jpg

 पोखरा । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा सांसद पदबाट पनि निष्कासित भएका छन् । उनी यसअघि पार्टीबाट निष्कासित भएका थिए ।  गण्डकी प्रदेशसभामा नयाँ सरकार गठनका क्रममा पार्टीको निर्देशन विपरीत एमालेलाई सहयोग पुग्ने गरी गतिविधि गरेको भन्दै उनलाई राष्ट्रिय जनमोर्चाले निष्कासन गरेको हो । 

 थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री बनेका थिए । बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको बताइएको छ ।  

पार्टीका केन्द्रीय महासचिव मनोज भट्ट र राजमो दलकी नेता पियारी थापाले थापाको सांसद पद खारेजीका सचिवालयमा पत्र बुझाएका हुन् । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए । 

६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जना मात्र रहने भएका छन् । योसँगै गण्डकीमा मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नपुग्ने पक्का भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ