arrow

विश्व स्वास्थ्य सङ्गठनले भन्यो- 'नेपालमा कोभिड१९ को नयाँ भेरिअन्ट फेला परेको थाहा छैन'

नेपालमा हाल सक्रिय रहेको भेरिअन्ट 'डेल्टा' (B.1.617.2)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
world-health-organization-who.jpg

काठमाडौं। बेलायती सञ्चारमाध्यम डेलीमेलले कोभिड१९ को नेपाली भेरिअन्ट फेला परेको समाचार प्रकाशन गरेको थियो । कोरोना भाइरसका थुप्रै नयाँ भेरिअन्टहरु फेला परिरहेका बेला डेलीमेलको यो समाचारले विश्वकै ध्यान केन्द्रित गर्नपुग्याे ।

यद्यपि, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले भने नेपालमा काेभिड१९काे नयाँ अथवा छुट्टै भेरिअन्ट फेला परेको थाहा नभएको बताएको छ । नेपालमा हालसम्म सुरुमा बेलायतमा भेटिएको भेरिअन्ट अल्फा र भारतमा देखिएका दुई भेरिअन्ट डेल्टा र कापा मात्रै फेला परेको आफूलाई जानकारी भएको बताएको हो ।

यी तीन भेरिअन्ट मध्ये हाल नेपालमा डेल्टा भेरिअन्ट सक्रिय रहेको समेत डब्लुएचओले जनाएको छ । बेलायती सञ्चारमाध्यमले उल्लेख गरे अनुसारको अन्य कुनै भेरिअन्ट नेपालमा देखिएकोबारे जानकारी नभएको डब्लुएचओको नेपाल स्थित कार्यालयले जानकारी दिएको हो ।

डब्लुएचओको नेपाल स्थित कार्यालयले भनेको छ,  "नेपालमा सार्स-कोभ-२ को नयाँ भेरिअन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन । नेपालमा रहेका भेरिअन्टहरु Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरिअन्ट Delta (B.1.617.2) हो ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ