arrow

पछिल्लो २४ घण्टामा निको हुनेभन्दा सङ्क्रमित हुने बढे

७५ जना सङ्क्रमितले ज्यान गुमाए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
corona-nepal-1618404789.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोभिड१९बाट सङ्क्रमितको हुनेको सङ्ख्या ५ लाख ८६ हजार ५ सय ९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोभिड१९को सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या  ७ हजार ६ सय ३० पुगेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या  १ लाख १ हजार ८ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टीजेन विधिबाट कोभिड१९को सङ्क्रमण परीक्षण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ