arrow

कर्मचारी युनियन (संघ)द्वारा तत्काल आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
trade-union1623313921.jpg

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन (संघ) यथासिघ्र आधिकारिक ट्रेड युनियन निर्वाचनको मिति तोक्न माग गरेको छ ।

संघका उपमहासचिब दुर्गाप्रसाद फुयालले विहीबार श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मीन भवनलाई पत्र लेख्दै प्रथम पटक आधिकारिक ट्रेड युनियन निर्वाचन भएको पाँच वर्ष वितिसकेकाले तत्काल निर्वाचनको मिति तोक्न माग गरेका हुन् ।

कानुनतः र विधानतः आधिकारिक ट्रेड युनियनको मान्यता अवधि चार वर्ष र विशेष परिस्थिति परेको भनि एक वर्ष म्याद थप भएकोमा त्यसको म्याद पनि सकिएको यो आधिकारिक ट्रेड युनियनको कानुनी हैसियत समाप्त भएकाले निर्वाचनको मिति तोक्न माग गरिएको उपमहासचिब फुयालले जानकारी दिए ।

पत्रमा उनले भनेका छन्, ‘यथासिघ्र निर्वाचन मिति तोकी निर्वाचन अवधिभरलाई सामूहिक ट्रेड युनियन नीतिलाई सहमतीको विन्दुमा राखि निर्वाचन गर्ने व्यवस्था यथासिघ्र गर्न गराउन नेपाल निजामती कर्मचारी युनियन (संघ) नेपाल सरकारसँग जोडदार माग गर्दछ । निर्वाचनबाट भागेको नेपाल सरकार र सम्बद्ध निकायलाई निर्वाचित संस्था निर्वाचनकै माध्यमबाट संचालन गर्न समेत ध्यानाकर्षण गराउँदछौं ।’
प.सं.०७७।०७८                                      
मिति २०७८।०२।२०
च.नं. ५९

श्रीमान् महानिर्देशकज्यू,                                              

 श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग

 मीन भवन, काठमाण्डौ ।

विषय : यथासिघ्र आधिकारिक टे्रड युनियन निर्वाचन मिति तोक्ने बारे ।


नेपालको संविधानको मर्म र भावना अनुरुप, निजामती सेवा ऐन तथा नियमावली समेतले व्यवस्था गरेको निजामती सेवामा आधिकारिक ट्रेड युनियनको व्यवस्था ऐनको दफा ५३ मा गरिएको व्यहोरा विदितै छ । आधिकारिक ट्रेड युनियन पनि अविछिन्न उत्तराधिकारवाला संस्था हो । प्रथम पटक आधिकारिक ट्रेड युनियन निर्वाचन भएको पाँच वर्ष व्यतित भैसकेको छ ।

कानुनतः र विधानतः आधिकारिक ट्रेड युनियनको मान्यता अवधि चार (४)वर्ष र विशेष परिस्थिति परेको भनि एक वर्ष म्याद थप भएकोमा त्यसको म्याद पनि सकिएको अवस्था छ । तत्बेलामा निर्वाचनद्वारा गठित यो आधिकारिक ट्रेड युनियनको कानुनी हैसियत समाप्त भएको छ ।

वर्तमान परिस्थितिमा आजको आधिकारिक ट्रेड युनियन पेशागत धर्म र संस्कृति विरुद्ध र व्यवहारतः सरकारको छाँयाको रुपमा रहेको, पहेंलो ट्रेड युनियनको रुपमा स्थापित एवं लाचार र कर्तव्यहिन आधिकारिकको नेतृत्व तहलाई कानुनी रुपमा ऐनले नै विस्थापित गरिसकेको अवस्थामा आधिकारिक ट्रेड युनियनको संस्कृति र मान्यता जोगाउन निजामती सेवा ऐनको दफा ५३ (३) ख बमोजिम सामाजिक संवाद र सामूहिक सौदाबाजी गर्न “निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन गठन नभएको अवस्थामा निजामती सेवा ऐनको दफा ५३ को उप दफा (१) बमोजिम गठन भएका निजामती कर्मचारीहरुको राष्ट्रिय स्तर ट्रेड युनियन संघहरुले आपसमा सहमति गरि सामूहिक सौदाबाजी गर्न पाउनेछन्” भन्ने व्यवस्था अनुरुप गर्न गराउन र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यथासिघ्र निर्वाचन मिति तोकी निर्वाचन अवधिभरलाई सामूहिक ट्रेड युनियन नीतिलाई सहमतीको विन्दुमा राखि निर्वाचन गर्ने व्यवस्था यथासिघ्र गर्न गराउन नेपाल निजामती कर्मचारी युनियन (संघ) नेपाल सरकार सँग जोडदार माग गर्दछ । निर्वाचनबाट भागेको नेपाल सरकार र सम्बद्ध निकायलाई निर्वाचित संस्था निर्वाचनकै माध्यमबाट संचालन गर्न समेत ध्यानाकर्षण गराउँदछौं ।

(दुर्गाप्रसाद फुयाल)

उपमहासचिव

बोद्यार्थ 

श्रीमान मुख्य सचिवज्यू,  प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार, काठमाण्डौ । 

श्रम तथा रोजगार मन्त्रालय, सिंहदरबार, काठमाण्डौ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाण्डौ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ