arrow

प्रधानन्यायाधीशले डाके फुल कोर्ट:  संवैधानिक इजलासको नियमावली संशोधनमा पनि छलफल !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक डाकेका छन् । प्रधानन्यायाधीश राणाले भोलि शुक्रबारका लागि सर्वोच्च अदालतको पूर्ण बैठक डाकेका हुन् ।

बैठक पूर्वनिर्धारित भएको भनिए पनि संवैधानिक इजलासमा विवाद भएर नयाँ गठन गर्ने सन्दर्भमा बढी केन्द्रित हुने बताइएको छ ।

‘बैठक पूर्व निर्धारत हो, यसअघि १३ जेठमा पनि फुल कोर्ट बसेको थियो, सो बैठकले २१ गतेसम्मका लागि नियमित मुद्दा, रिट, तथा निवेदनहरुमा पेशी तारिख लगायतका कामकारवाही रोकेको थियो, त्यसैले पनि अब के गर्ने भन्ने विषयमा छलफल गर्न पनि फुल बैठक बोलाइएको हो,’ सर्वोच्च स्रोतले भन्यो ।

बैठकमा सर्वोच्चद्धारा प्रतिनिधि सभा विघटनसम्वन्धि रिटको सुनुवाइका लागि पुनः गठन गरिने संवैधानिक इजलास गठनका विषयमा पनि छलफल हुने छ । ‘सबै विषय उठ्न सक्छन, नियमावली संसोधनको विषय पनि आउला,’ सर्वोच्च स्रोतले भन्यो । 

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराले यसअघि गठन गरेको संवैधानिक इजलास विवादित बनेको थियो ।

इजलासमा तोकिएका दुई जना न्यायाधीशले आफूहरु इजलासमा नरहने भन्दै अलग हुने बताएपछि जबराले वरिष्ठताका आधारमा पुनः इजलास गठन गर्ने र त्यसका लागि नियमावली संसोधन गर्ने बताउँदै आएका छन् । प्रतिनिधि सभा विघटनको मुद्दामा २३ गतेका लागि इजलास तोकिएको छ ।



नयाँ