arrow

सरकार अल्मलिएको बेला हामी नअल्मलिउँं – डा. आरजू राणा देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
arzu-deuba-rana-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजू राणा देउवाले कोरोना महामारीका बेलामा केपी शर्मा ओली नेतृत्वको सरकार अल्मलिएको भए पनि जनता भने अल्मलिन नहुने बताएकी छिन् । 

उपचारका क्रममा जापानमा रहेकी डा. देउवाले ह्वाट्सएपमा आफ्नो सन्देश लेख्दै कोरोनाको पीडा सबैलाई भएको भन्दै एकले अर्कालाई सहयोग गर्नुपर्ने बताएकी छिन् । 

उनले एकले अर्कालाई सघाउँदा राजनीतिक आस्थासँग जोडेर नहेर्न पनि आग्रह गरेकी छिन् । उनले लेखेको सन्देश यस्तो छ, ‘कोभिड–१९ को महामारीले निम्त्याएको पीडा र दुःख गाउँ, शहर, दुर्गम, सुगम सबै नेपालीलाई छ । सरकार अल्मलिएको बेला हामी जनता नअल्मलिउँ । राजनीतिक आस्थासँग जोडेर होइन एक नेपालीले अर्को नेपालीलाई सक्ने सहयोग गरौं ।’

डा. देउवा गत सेप्टेम्बरदेखि जापानमा रहेर उपचार गरिरहेकी छिन् । उनको हिपको अप्रेशन भएको छ । अहिले उनलाई धेरै नै निको भइसकेको उनको पारिवारिक स्रोतले बताएको छ । 



नयाँ