arrow

अनुसूची १८ अनुसार उपेन्द्र पक्षले निर्वाचन आयोगमा बुझायो पत्र   

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अनुसूची १८ अनुसारको पत्र निर्वाचन आयोगमा बुझाएको छ ।

निर्वाचन आयोगले गत बुधबार जसपाको दुबै पक्षबाट एकले अर्कालाई कारवाही गरी पठाएको पत्र नमिलेको भन्दै आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ अनुसार आउन भनेको थियो ।

आयोगको सो पत्रपछि जसपाको यादव पक्षले अनुसूची १८ को ढाँचा अनुसार विवरण पुर्याएर आयोगमा पत्र बुझाएको हो । जसपा नेता प्रदिप यादवले आयोगले मागे अनुसारको विवरण कागजात पुर्याएर पठाइएको जानकारी दिए । आयोगलेसमेत जसपाको यादव पक्षले पत्र पठाएको जनाएको छ ।

तर जसपाको अर्को पक्ष मानिएको महन्थ ठाकुर पक्षले भने आयोगलाई मागे अनुसारको ढाँचामा पत्र पठाइसकेको छैन । आयोगले ठाकुर पक्षसँग पार्टीको कार्यकारीणी परिषद्को बैठकको निर्णय हस्ताक्षरसहित मागेको छ भने अनुसूची अनुसारको ढाँचामा पत्र दिन भनेको छ । तर यादव पक्षले भने यसअघि नै कार्यकारिणी परिषद्को निर्णय हस्ताक्षरसहित बुझाइसकेको छ ।

मंगलबार एकले अर्को पक्षलाई कारबाही गर्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम एकले अर्काको नाम हटाएर अद्यावधिक गरिदिन निर्वाचन आयोगलाई पत्रसमेत पठाएका थिए ।

यादवले मंगलबार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको पत्र आयोगमा पठाउँदै दर्ता किताबाट नाम हटाउन आग्रह गरेका थिए । त्यसको ‘काउन्टर’ मा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निष्कासन गर्दै उस्तै व्यहोरा आयोगमा जानकारी दिएका थिए
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ