arrow

गण्डकीमा संक्रमण दर र मृत्युदर निरन्तर घट्दै, निको हुने बढ्दै

logo
हरि पन्त,
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
gandaki-corona.map.jpg

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो केही दिन यता कोरोना संक्रमण दर र मृत्यु दर दुवै घटिरहेको छ । पछिल्लो चार दिन यताको तथ्याङ्क हेर्ने हो भने गण्डकीमा संक्रमितको सङ्ख्या एक हजार भित्रै रहेको छ ।  यही रफ्तारमा कोरोना संक्रमण र मृत्यु दर घट्ने र निको हुने दर बढ्ने भएको जेठ ३१ गते पश्चात् कास्कीमा लकडाउन खुल्ने सम्भावना देखिन्छ ।

हाल दुई हजार नजिक सक्रिय संक्रमित रहेको कास्कीमा जेठ ३१ गतेसम्ममा एक हजार आसपासमा आइपुगे लकडाउन खुकुलो बनाइने पक्कापक्की छ । सोमबार गण्डकीमा ८४२ जना कोरोना संक्रमित भेटिँदा १७ जनाको मृत्यु भएको थियो । मङ्गलवार ४७३ जना मात्रै संक्रमित भेटिँदा १६ जनाको मृत्यु भएको थियो । 

बुधवार भने मङ्गलवारको तुलनामा मृत्युदर घटेको र संक्रमण दर बढेको तथ्याङ्क छ । बुधवार ८३८ जना संक्रमित हुँदा १३ जनाको मृत्यु भएको छ ।  यस्तै बिहीबार भने बुधवारको तुलनामा केही उकालो लाग्यो । बिहीबार गण्डकीमा ९०६ जना संक्रमित भेटिँदा १६ जनाको मृत्यु भएको थियो । गण्डकी प्रदेशको हिमालपारिको जिल्ला मनाङमा पनि कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको छ । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको कूल सङ्ख्या ७२३ जना पुगेको छ । 

निको हुनेको सङ्ख्या धेरै 
गण्डकी प्रदेशमा कोरोना संक्रमित भएर निको हुनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । पछिल्लो तीन दिनमा तीन हजार १९ जना संक्रमित निको भएका छन् । यो सङ्ख्या संक्रमित भन्दा निको हुने धेरै हो ।  जसमा सोमबार ९५९, मङ्गलवार ६८८ र बुधवार १३ सय ७२ जना निको भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार बिहीबार १०५३ जना संक्रमित निको भएका छन् ।  गण्डकीमा बिहीबारको अन्तिम तथ्याङ्क अनुसार ९७ सय १४ जना सक्रिय संक्रमित रहेकोमा नौ हजार १० जना होम आइसोलेसनमै रहेको डा. शर्माले जानकारी दिए ।

यस्तो छ कास्कीको अवस्था
गण्डकी प्रदेशको राजधानी रहेको जिल्ला कास्कीमा अझै पनि १९ सय २८ जना सक्रिय संक्रमित छन् । कास्कीमा कूल संक्रमित १९ हजार २१७ जना रहेकोमा १६ हजार ९०६ जना निको भएका छन् । कास्कीमा कोरोनाबाट मृत्यु हुनेको कूल सङ्ख्या ३१८ जना पुगेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लाका विस्तृत विवरण माथि तस्विरमा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ