arrow

नागरिकता अध्यादेश सम्बन्धी मुद्दा हेर्दाहेर्दैमाः  अब २७ गते सुनुवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
supreme-court-long.jpg

काठमाडौं । सरकारले ल्याएको नागरिकता अध्यादेशबिरुद्धको मुद्दामाथि आज(शुक्रबार)बाट प्रारम्भिक सुनुवाइ शुरु भएको छ । प्रारम्भिक सुनुवाइ शुरु भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबराले आजै सो मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेका थिए ।

जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई इजलासमा राखेका छन् । जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका हुन् ।

सो इजलासले नागरिकता सम्वन्धि अध्यनदेशको मुद्दालाई २७ जेठसम्मका लागि हेर्दाहेदैमा राखेको हो । अध्यादेशबिरुद्ध सर्वोच्चमा ६ वटा रिट परेका छन् ।

जसमध्ये शुक्रवार चारजना रिट निवेदकका तर्फबाट बहस भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ