arrow

जसपाको ठाकुर–महतो पक्ष आजै सरकारमा जाने, मन्त्रीको टुङ्गो लाग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
oli-mahantha-mahato-kp.jpg

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष शुक्रवार साँझसम्म सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी ओलीसँग ठाकुर  र महतोले वार्ता गरेपछि जसपाले पाउने मन्त्रालयको टुङ्गो लागेको छ भने मन्त्रीहरूको टुङ्गो ठाकुर र महतोले लगाएका छन्। 

सहमति अनुसार राजेन्द्र महतो उपप्रधान मन्त्री तथा शहरी विकास , शरत सिहं भण्डारी उर्जा, अनिल झा खानेपानी, बिमल श्रीवास्तव श्रमतथा रोजगार, उमाशंकर अरगरिया युवा तथा खेलकुद, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला तथा बालबालिका, एकबाल मियाँ बन, चन्द्रकान्त चौधरी राज्य मन्त्री उर्जा र रेणुका गुरुङ राज्य मन्त्री महिला तथा बालबालिका हुने भएका हुन्।

अहिले गृह सहित ८ वटा मन्त्रालय खाली छन् । गृह मन्त्रालय जसपाले नपाउने निश्चित भएको छ । स्रोतले भन्यो, जसपा गृहमन्त्रालय विना नै सरकारमा जाने तयारी गरेको छ । जसपाबाट नेतृत्व गर्दै राजेन्द्र महतो सरकारमा जाने भएका छन् । 

ठाकुरले उपेन्द्र यादव पक्षबाट कित्ता परिवर्तन गरेर आएका ५ जना सांसदमध्ये दुई जना सांसद विमल श्रीवास्तव र उमाशंकर अरगरैयालाई फुल मन्त्री र रेणुका गुरुङ सहित दुई जनालाई राजमन्त्रीमा पठाउने भएका हुन्। 

त्यसो त, प्रमोद साह पनि सरकारमा जान इच्छुक छन् । सरकारमा जानकालागि उनले विभिन्न माध्यमबाट ठाकुर र महतोलाई दबाब दिइरहेका थिए। चन्द्रकान्त झा चौधरी मन्त्री हुनकैलागि उपेन्द्र यादव क्याम्पमा जानबाट रोकिएका छन् । मन्त्री हुन नपाउने बित्तिकै चौधरीले क्याम्प परिवर्तन गर्ने भएका छन्  । त्यसैले चौधरी र इकबाल मियालाई पनि मन्त्रीमा पठाउनु पर्ने दबाब ठाकुरलाई थियो । 

प्रधानमन्त्रीसँग अहिले गृह, रक्षा ,शहरी विकास, ऊर्जा, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, श्रम तथा रोजगार, खानेपानी मन्त्रालय खाली छन् । बिहीबार साँझ पनि ठाकुर र महतोले प्रधानमन्त्रीलाई भेटेका थिए । बिहीबार साँझ मन्त्रालयको टुङ्गो नलागे पछि शुक्रवार दिउसो पुन प्रधानमन्त्रीसँग छलफल भएको जसपा स्रोतले बतायो । जसपा स्रोतका अनुसार जसपाबाट करिब डेढ दर्जन सांसद तथा गैर सांसदले मन्त्री बन्न चाहना देखाएका थिए । ती मध्ये १०जनालाई छान्नु पर्ने बाध्यता ठाकुरलाई थियो । यता, सरकारमा जाने बित्तिकै पार्टीबाट निकाल्ने चेतावनी उपेन्द्र यादवले दिएका छन् ।



नयाँ