arrow

गण्डकी :  थप १० जनाको मृत्यु, ६ सय ८० संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप १० जनाको मृत्यु भएको छ । शुक्रबार मृत्यु हुनेमा सबैभन्दा धेरै कास्कीका चार जना छन् । 

यस्तै, बागलुङका एक जना, तनहुँका दुई जना र नवलपरासी पूर्वका एक जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ७३३ जना पुगेको छ । 

यसै गरी पछिल्लो २४ घण्टामा ३२२ महिला र ३५८ पुरुष गरी ६८० जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीका १५५ जना छन् । यस्तै, म्याग्दीमा २०, पर्वतमा ४८, गोरखामा ७५ जना संक्रमित भेटिएका छन् । 

यसै गरी लमजुङमा ४४, तनहुँमा ४९, बागलुङमा ११८, स्याङ्जामा ४९ र नवलपरासी पूर्वमा १२२ जना संक्रमित भेटिएको डा. शर्माले जानकारी दिए । 

गण्डकीमा पछिल्लो २४ घण्टामा ९४६ जना संक्रमित निको भएका छन् भने ९४ सय ३८ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८८ सय ६३ जना होम आइसोलेशमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ