arrow

ओलीले एमालेका ४ मन्त्री राखेर अरूलाई हटाउने, पोखरेल बिदा हुने पौडेल उपप्रम बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
kp-sharma-oli-final.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्‌मा रहेका एमालेका चार मन्त्रीबाहेक सबैलाई बिदा गर्ने भएका छन् । जसपा मन्त्रिपरिषद्‌मा सहभागी हुने भएसँगै ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बिदा गर्दै अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने भएका छन् । 

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछि ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । जसअनुसार विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बन्दै छन् । शितलनिवास नयाँ मन्त्रीहरूको शपथ आज बेलुकी आठ बजे हुने स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले यसअघिका चार जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाउने भएका छन् ।

ओलीले अर्थमन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागेको स्रोतले जानकारी दिएको छ । यद्यपि ओलीले यो विषयमा धेरैलाई जानकारी नदिइएकाले को को मन्त्री हट्दै छन् भन्ने बारेमा अन्योल कायमै रहेको छ । 

ओलीले रघुवीर महासेठलाई परराष्ट्र मन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्री बनाउने भएका छन् । प्रधानमन्त्री ओलीले जसपाका ८ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् ।

एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा महासेठले पाउने भएका छन् । तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । तामाङ माधव नेपाल समूह छाडेर ओली समूहमा  पुगेका थिए । यसअघि ओली नेतृत्वको सुरु मन्त्रिपरिषद्‌मा कानुन मन्त्री थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ