arrow

हृदयेश त्रिपाठीले भने: कोभिड नियन्त्रणबाट भागेको होइन, मन्त्रीमा रहिरहन नैतिक प्रश्न उब्जियो

पुनर्गठित मन्त्रिपरिषदलाई शुभकामना छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
hridesh-tripati.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदबाट बाहिरिएका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पुर्नगठित मन्त्रिपरिषदलाई शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाएर सरकारमा ल्याएपछि उनले मन्त्रीबाट हट्ने निर्णय गरेका हुन् ।

‘कोभिड नियन्त्रणका लागि जे जती काम गर्न सकें त्यसमा खुसी छु, म महामारीको चुनौतीलाई सामना गर्न नसकेर भागेको होइन, एक थान मन्त्रीका लागि बसिरहन नैतिक प्रश्न उब्जिएकाले हटेको हुँ,’ त्रिपाठीले हाम्राकुरासँग भने ।

राजनीतिक रुपमा आफूभन्दा जुनियर राजेन्द्र महतो, रघुवीर महासेठ र विष्णु पौडेललाई वरियता क्रममा उपप्रधानमन्त्रीसहित माथि राखिएकाले आफुले मन्त्री पद अस्वीकार गरेको उनले बताए ।

‘जुनियर साथीहरु उपप्रधानमन्त्री बन्नु भयो, उहाँहरुलाई हार्दिक शुभकामना छ,’ निवर्तमान स्वास्थ्यमन्त्री त्रिपाठीले भने । उनले विगतको निर्वाचनमा आफूलाई सूर्य चिन्हबाट चुनावमा उठ्दा ओलीसँग मिल्यो भनेर तथानाम भन्नेहरु अहिले ओलीसँग नै नजिक हुँदा आफूलाई राजनीतिक लाइनमा विजयी बनेको महसुस भएकोसमेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ