arrow

तीन उपप्रधानसहित नवनियुक्त मन्त्रीले लिए सपथ, पुराना चार मन्त्रीको जोगियो पद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
uml-oath-oli-cabinet.jpg
तस्विर सौजन्य : सूचना तथा प्रसारण विभाग

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले केहीबेरअघि राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुर्नगठन गर्दै मन्त्रिपरिषद्लाई १७ सदस्यीय बनाएका थिए । प्रधानमन्त्री ओलीले मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, नौं मन्त्री र तीन मन्त्रीलाई हटाएर मन्त्रिपरिषद पुर्नगठन गरेका हुन् ।

जसअनुसार शुक्रबार पुर्नगठित मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका हुन् ।

यस्तै नेकपा एमालेका रघुवीर महासेठलाईसमेत ओलीले उपप्रधानमन्त्री बनाएका छन् भने जसपाबाट सरकारको नेतृत्व गरेका राजेन्द्र महतो पनि उपप्रधानमन्त्री बनेका छन् ।

उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री सहरकारमा सहभागी भएका हुन् ।

जसपाबाट मन्त्री हुनेहरुमा शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई, अनिलकुमार झा खानेपानी र लक्ष्मणलाल कणर्ले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरीले महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । 
यसैगरी जसपाबाटै चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।

यसैगरी सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । पुराना चार मन्त्रीको पद भने जोगिएको छ । जसअनुसार अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठले मन्त्रीमा निरन्तरता पाएका छन् ।

प्रधानमन्त्री ओलीले गृह र रक्षा मन्त्रालय भने आफैंसँग राखेका छन् । यस्तै सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय पनि ओलीले आफैंले राखेका छन् । हाललाई ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ