arrow

डा.भट्टराईको प्रश्न: दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
baburam2.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका सङ्घीय परिषद्का अध्यक्ष एवम् पूवप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मन्त्रिपरिषद् पुनर्गठन लगत्तै कडा प्रतिक्रिया दिएका छन् ।

उनले जसपाकै महन्थ पक्षका नेताहरू मन्त्रिमण्डलमा सहभागी भएपछि संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ? भनेर प्रश्न उठाएका छन् ।

शुक्रवार साँझ सामाजिक सञ्जालमार्फत डा.भट्टराईले अन्ध राष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? भनेर पनि प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘यक्ष प्रश्न–संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ? अन्ध राष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ?  नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुवैको मुकुन्डो उत्रिएन त ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ