arrow

पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री महतोले भने: रेशमको मुद्दा सर्वोच्चमा छ, चलिरहन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
rajendra-mahato-urban-minister.jpg

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर महतोले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै महतोले आफ्ना मुद्दालाई सम्बोधन गर्न सरकारमा आएको बताउँदै सबै माग पनि पूरा गराएरै छाड्ने प्रतिबद्धता जनाए ।

पत्रकारले सोधेको प्रश्नमा उनले रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइका विषयमा भिन्न जवाफ दिए । उनले भने, ‘रेशमको मुद्दा सर्वोच्चमा छ, त्यहाँ चलिरहन्छ। अदालतले के भन्छ हाम्रो सरोकारको विषय होइन।’

‘हाम्रो आन्दोलनका केही माग मुद्दा सम्बोधन भएका छन् केही बाँकी छन्, त्यो पूरा गराउँछौं, उनले भने । उनले आफ्ना सवालहरुसहित वैकल्पिक शक्तिका रुपमा स्थापित हुने लक्ष्यका साथ अघि बढेको बताउँदै बहुल राष्ट्रिय राज्य अभियानमा पनि रहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्दै महतोलाई उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ