arrow

कोरियाबाट स्वास्थ्य उपकरण प्राप्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २२ शनिबार
south-korea.jpg
फाइल तस्बिर

काठमाडौँ। कोभिड–१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायता स्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन्। नेपालका लागि कोरिएका राजदूत पार्क चोङसुकले शुक्रवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सङ्क्षिप्त कार्यक्रममा १७ हजार ७६० थान आरटी पिसिआर परीक्षण किट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसैबीच, कोरिया सरकारले तीन सय ७८ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको र ती उपकरण आगामी महिना काठमाडौँ ल्याइने उक्त मन्त्रालयले बताएको छ।

दोस्रो लहरको कोभिड–१९ महामारीविरुद्धको लडाइँमा डटेको नेपालप्रति ऐक्यबद्धता जनाउँदै महत्त्वपूर्ण स्वास्थ्य उपकरण प्रदान गरेकामा सरकारले गणतन्त्र कोरिया सरकारमा कृतज्ञता ज्ञापन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ