arrow

मन्त्री बनेपछि तीन वर्षमा प्रदीपकुमार ज्ञवालीले कति सम्पत्ति कमाए ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २२ शनिबार
pradip-gyawali-uml.jpg
फाइल तस्बिर

काठमाडौँ । परराष्ट्र मन्त्रीबाट बिदा भएका प्रदीपकुमार ज्ञवालीले आफ्नो कार्यकालमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।

कार्यकाल अवधिभर सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै उनले खर्च पनि सार्वजनिक गरेका छन् । उनले मन्त्री रहँदाको अवधिमा विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी  जम्मा ९,३४,९३० रुपैयाँ पार्टी खातामा जम्मा भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

उनले पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको  र हाल आफ्नो खातामा ७,४१,७७५ रुपैयाँ ६० बचत रहेको जानकारी गराएका छन् ।

उनले आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रवार नै मन्त्रालयलाई फिर्ता गरेको र पुलचोकस्थित सरकारी निवास शनिवार बिहान छाड्ने जानकारी गराएका छन् ।

मन्त्री भएपछि करिब सवा तीन वर्षको अवधिमा उनले केही घरायसी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जनाएका छन् ।

आफूलाई जिम्मेवारी प्रदान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिदैं आफ्नो कार्यकाल भर सहयोग गर्ने मन्त्रालयका विशिष्ट र सबै कर्मचारीप्रति आभार व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ