arrow

ज्यान दाउमा राखेर गोर्खाहरूले युकेको सेवा गरेका छन्, खोप सहयोग गर्नु उसको दायित्व : प्रधानमन्त्री ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २२ शनिबार
kp-sharma-oli-final.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत सरकारलाई नेपालका लागि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

आफ्ना समकक्षी बोरिस् जोनसोनलाई आफूहरूलाई खोप अत्यावश्यक भएको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।

बिबिसीकी दक्षिण एसिया संवाददाता रजनी वैद्यनाथसँग शुक्रवार कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा ब्रिटिस सरकारले नेपाललाई सहयोग गर्नु दायित्व भएको बताए ।

‘ब्रिटिस सरकारलाई विशेष गरी प्रधानमन्त्री बोरिस् जोनसनलाई नेपालको अवस्था र हामी कसरी दुःख पाइरहेका छौँ भन्ने जानकारी गराउन चाहन्छु, सहयोग गर्नु दायित्व हो’, ओलीले भने ।

ओलीले बेलायत सबैभन्दा पुरानो मित्र राष्ट्र भएकाले पनि सोझै खोपका लागि आग्रह गरेको जनाए । ‘आफ्नो ज्यान दाउमा राखेर गोर्खाहरूले वर्षौँसम्म युकेको सेवा गरेका छन्,’ उनले भने, ‘ब्रिटेनमा सेवा गरिरहेकाहरूका नेपालमा परिवार छन्, यसले सम्बन्ध झनै घनिष्ठ छ ।’

ओलीले नेपालले जनतालाई खोप लगाइदिएमा कोरोना नियन्त्रण आउने नत्र नियन्त्रणमा कठिन हुने समेत उल्लेख गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ