arrow

चुरे दोहनसम्बन्धी सरकारी नीति फिर्ता लिन देउवाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २२ शनिबार
ser badhur-NPU.jpg

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले चुरे दोहनसम्बन्धी सरकारी नीति फिर्ता लिन आग्रह गरेका छन् ।

विश्व वातावरण दिवसको सन्दर्भमा सामाजिक सञ्जालमार्फत देउवाले वातावरण बचाउन हरेक व्यक्तिले पहल गर्नुपर्ने पनि बताए । वातावरणको दिगो संरक्षणले मात्रै पृथ्वीमा हरेक प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित हुने भन्दै चुरे दोहनसम्बन्धी सरकारी नीति फिर्ता लिन आग्रह गरेका हुन् ।

देउवाले सरकारले चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबल्याउँन लागेको आरोप लगाएका छन् ।

यसअघि देउवाले तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न माग गर्दै चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर ब्यापार घाटा न्यून गर्ने नारा खरानीको ब्यापार गर्न घर जलाए जस्तै हो भनेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ