arrow

पेट्रोलियम पदार्थको मूल्य फेरि प्रतिलिटर दुई रुपैयाँका दरले बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २२ शनिबार
Nepal-Oil.jpg.jpeg

काठमाडौं।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निषेधाज्ञाकै समयमा यो दोस्रो पटक मूल्य बढाएको हो ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाएको हो।

समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १०८ र आन्तरिक उडानतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगको छ।

सरकारको सहमतिमा निगमले दोस्रो पटक तेलको भाउ बढाएको हो। पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढीरहेको अवस्थामा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार विक्री मूल्य समायोजन गर्दै आएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा पाँच रुपैयाँ ३२ पैसा, डिजलमा तीन रुपैयाँ १७ पैसा, खाना पकाउने एलपी ग्यासमा २५८ रुपैयाँ ४६ पैसा घाटा हुने जनाएको छ।

जेठ १८, २०७८ मा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार प्राप्त नयाँ मूल्य अनुसार निषेधाज्ञाको समयमा भएको विक्री परिणामलाई हिसाब गर्दा १५ दिनमा मात्रै निगमलाई करिब ७१ करोड घाटा हुने अवस्था देखिन्छ भने अन्य सामान्य अवस्थाको विक्री अनुसार हिसाब गर्ने हो भने निगमलाई करिब ९३ करोड घाटा हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ