arrow

गण्डकीमा यस्तो छ कोरोनाको संक्रमण, कास्कीमा मात्रै २० हजार नजिक पुगे संक्रमित 

logo
हरि पन्त, 
प्रकाशित २०७८ जेठ २३ आइतबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशको राजधानी रहेको जिल्ला कास्कीमा कोरोना संक्रमितको कूल संख्या २० हजार नजिक पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शनिबार साँझ जारी गरेको अन्तिम तथ्यांक अनुसार कास्कीमा संक्रमितको संख्या १९ हजार ४५७ पुगेको हो । 

कास्कीमा १७ हजार २५२ जना कोरोना संक्रमित निको भएका छन् । कास्कीमा अझै पनि १ हजार ८७६ जना सक्रिय संक्रमित छन् । कास्कीमा कोरोना संक्रमणबाट हालसम्म ३२९ जनाको मृत्यु भएको छ । 

यो संख्या गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा धेरै हो । कास्कीपछि सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको जिल्ला गोरखा हो । गोरखामा हाल १ हजार ४८३ जना सक्रिय संक्रमित छन् । 

यो जिल्लामा ३ हजार ६६६ जना संक्रमित भएकोमा २ हजार १५१ जना निको भएका छन् । गोरखामा कोरोना संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

गण्डकी प्रदेशको तथ्यांक

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ९८७ जना पुगेको छ । जसमा ३५ हजार ७७३ जना कोरोना संक्रमित निको भएको डा. शर्माले जानकारी दिए ।

उनका अनुसार गण्डकीमा अझै ९ हजार ४६६ जना सक्रिय संक्रमित छन् । यीमध्ये आठ हजार पाँच जना संक्रमित होम आइसोलेशनमा बसेका छन् । 

गण्डकीमा कोरोना संक्रमणबाट हालसम्म ७४८ जनाको मृत्यु भएको छ । 

गण्डकीमा हालसम्म दुई लाख तीन हजार ५८२ जनाको कोरोना परीक्षण गरिएको डा. शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ