arrow

नेविसंघले इन्धनको मूल्यवृद्धिबारे भन्यो –महामारीमा भ्रष्ट सरकारको उपहार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिप्रति नेपाल विद्यार्थी संघले विरोध जनाएको छ । कोरोना भाइरसको महामारीमा उपभोक्तालाई उपहार  स्वरुप केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा गरेको  मूल्यवृद्धिप्रति घोर भर्त्सना गरेको हो । 

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्यवृद्धि गर्दै  पेट्रोल १२५, डिजल र मट्टितेल १०८ तथा हवाई इन्धन प्रतिलिटर ८० रूपैयाँ कायम भएबाट पुनः सबै क्षेत्रमा चर्को मूल्यवृद्धि हुने निश्चित छ भन्दै आहतमा बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको आरोप लगाए । 

नेविसंघले जारी गरेको प्रेस विज्ञप्तिमा स्चालित मूल्य प्रणालीको  हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण, संकट र महामारीका  समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरीकरण कोषमा संचित रकमको उपयोग, अनावश्यक करहरुको शिर्षक कटौतीतर्फ निगमले कुनै पहल नै नगरी निषेधाज्ञाकै बीचमा गत जेठ २ गते भएको मूल्यवृद्धिमा फेरि तत्काल वृद्धि गर्नु आपूर्ति मन्त्रालय  प्रधानमन्त्रीको जिम्मामा आएको दोस्रो दिनमा नै उपभोक्तालाई प्राप्त पहिलो उपहार हो भन्दै अत्यावश्यकिय वस्तुमाथि पटक–पटक गरिएको मूल्य वृद्धिले उपभोक्ताले चरम पीडा खेप्नु परेको उल्लेख छ । 

भ्रष्टाचारमा लिप्त सरकार भ्रष्टाचारमा लिप्त भएको र जनतालाई दिनप्रतिदिन कष्ट दिइरहेको भन्दै नेविसंघले मूल्यवृद्धि तत्काल फिर्ता गर्न पनि माग गरेको छ । उसले मूल्यवृद्धिलाई महामारीमा भ्रष्ट सरकारको उपहारसमेत भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ