arrow

वालुवाटार जग्गा प्रकरणः  ४९ जनालाई मालपोतले बोलायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
lalita-niwash-balwatar-land-case-11.jpg

काठमाडौं । वालुवाटारको ललिता निवासको जग्गाको पुर्जा लिएका ४९ जनालाई मालपोत कार्यालय काठमाडौंले बोलाएको छ ।

बालुवाटारको ललिता निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई मालपोत कार्यालय काठमाडौंले २१ दिनको समय दिएर बोलाएको हो । मालपोत कार्यालयले सो सम्वन्धि सूचना आइतवार गोरखापत्रमा प्रकाशित गरेको छ ।

सूचनामा मालपोत कार्यालयको सम्पर्कमा कारणसहित उपस्थित नभए सम्बन्धित व्यक्तिको नाममा रहेको जग्गा सरकारको नाममा जाने उल्लेख छ ।

२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै मालपोत कार्यालयले सूचना प्रकाशित गरेको हो । 

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने मुख्य अभियुक्त रामकुमार सुवेदी, शोभाकान्त ढकालसहित भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङसहित ४९ जनाको नाममा अन्तिम सूचना जारी गरिएको हो ।

मालपोत कार्यालयले निकालेको सूचनामा सरला गुरुङ, उमाकुमारी ढकाल, माधवी सुवेदी, भवानी जोशी, भारती पाण्डे, मनोजकुमार गौतम, उमाकुमारी ढकाल, अमिताव तुलाधर, निकिता तुलाधर, कल्पना तुलाधर, निर्मलादेवी गोयल, प्रमोद शेरचन, पुरुषोत्तम पौडेल, शर्मिला शाक्य, प्रतिभा वैध प्रधान, मन्ती गोर्खाली सहितको नाम छ । 
उनीहरु २१ दिन भित्र जवाफ दिन नआए सो जग्गा स्वतः सरकारको नाममा जाने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ