arrow

संवैधानिक इजलासप्रति मर्यादा राख्न र विश्वास गर्न प्रधानन्यायाधीशको आग्रह

अदालतले कडाइपूर्वक कदम चाल्नुपर्ने अवस्था आउनसक्छ: जबरा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध पुर्नगाठन गरिएको संवैधानिक इजलासमाथि सरकार पक्षका अधिवक्ताहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले इजलासप्रति मर्यादा राख्न र विश्वास गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केही अधिवक्ताहरुले इजलासको रोस्टरमा रहेका ११ जना न्यायाधीशहरुले अहिलेको मुद्दा सुनुवाइ गर्न नमिल्ने भन्दै निवेदन दिएपछि जबराले उक्त आग्रह गरेका हुन् ।

त्यसक्रममा जबराले  निवेदकहरुले राखेको विषयबस्तुमाथि आपत्ति जनाउँदै अदालतले कडाइपूर्वक कदम चाल्नुपर्ने अवस्था आएको चेतावनी दिएका छन् । उनले भने, ‘निवेदकहरुले राखेको विषयवस्तुमा न्यायाधीशले मुद्दा हेर्न सक्ने अवस्था छैन भन्नु कि त निवेदन फिर्ता लिनुपर्ने हुन्छ कि त अवहेलनाको मुद्दा सहनुपर्ने हुन्छ ।’

जबराले अदालतमा रहेका सवै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर भएको बताए । ओली निकट अभिवक्ता राजाराम घिमिरेले अदालतका ११ जना न्यायाधीशले विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै जिकिर गरेर पुरक निवेदन दिएपछि जबराले उक्त कदम लिनसक्ने बताएका हुन् ।

तर यता, न्यायाधीशद्वय आनन्दमोहन श्रेष्ठ र दीपकुमार कार्कीको न्यायिक निष्पक्षतामा प्रश्न उठाए लगत्तै प्रधान्यायधीस जबराले दिएको चेतावनी ‘समान न्याय’ को अबधारणा बिपरित रहेको महान्यायधिवक्ता रमेश बडालले तर्क गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ