arrow

कृष्ण थापाको सांसद पद ब्युँतियो, मुख्यमन्त्रीलाई राहत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
krishan-thapa-jagamorcha-gandaki1623252382.jpg

पोखरा । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद कायमै रहेको छ ।  सर्वोच्च अदालतले उनलाई सांसदकै हैसियतले काम गर्न दिन अन्तरिम आदेश दिएको हो । 

पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै राष्ट्रिय जनमोर्चाले पार्टीको साधारण सदस्यता र सांसद पद दुवै नरहने गरी कारबाही गरेको थियो ।  पार्टी निर्णय विरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए । 

सर्वोच्चका न्यायाधीश डा. कुमार चूडालको एकल इजलासले थापालाई सांसद पदमै राखेर काम गर्न दिन आदेश दिएको हो ।  सांसद थापाको पद जोगिएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राहत मिलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ