arrow

गण्डकीमा थप १४ जनाको मृत्यु, ५ सय १३ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट गण्डकी प्रदेशमा थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै कास्कीका सात जना छन् । 

यसै गरी पर्वतमा एक जना, तनहुँमा दुई जना, स्याङ्जामा दुई जना र नवलपरासी पूर्वमा दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७६२ जना पुगेको उनले बताए । गण्डकीमा आज ७४४ जना कोरोना सङ्क्रमित निको भएका छन् । 

५१३ जना सङ्क्रमित थपिए
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै कास्कीका १६३ जना छन् । 

यसै गरी गोरखामा ११३ जना, म्याग्दी र पर्वतमा पाँच, पाँच जना, लमजुङमा २२ जना, तनहुँमा ४४, बागलुङमा ४९, स्याङ्जामा ५७ जना र नवलपरासी पूर्वमा ५५ जना सङ्क्रमित भेटिएको प्रवक्ता डा. शर्माले बताए ।

योसँगै गण्डकी प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ४६ हजार ५ सय जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ